Four cups per day is safe: study

Research by the International Life Sciences Institute has found that it is safe for adults to drink up to four cups of coffee per day.

The findings, which were published in the journal Food and Chemical Toxicology, showed that people could safely consume about 400 milligrams of caffeine per day.

The research found that the safe levels for pregnant women are slightly less – about three cups, or 300 milligrams of caffeine per day.

The findings come from a review of more than 700 studies of caffeine and its effects that were conducted between 2001 and 2015.

Global Coffee Report. (2017, May 4). Four cups per day is safe: study. Retrieved from Global Coffee Report: http://gcrmag.com/news/article/four-cups-per-day-is-safe-study

Myanmar coffee competition yields exciting results

The winning coffee at the Third Annual Myanmar Coffee Association (MCA) Coffee Quality Competition scored a record-breaking 89.58 points, underscoring the continuing improvement in the quality of coffees being produced in the Asian nation.
The Ywangan micro-lot entered by MCA member Mandalay Coffee Group bested last year’s winner of the event by more than two points on the Specialty Coffee Association scoresheet.
It was both the top-scoring dry natural process category coffee and the overall winner of the competition. Judges described the coffee as “clean and complex,” with the flavours of “orange, lemon, strawberry and red currant.”
The quality of coffees entered rose across the board for a second straight year, with 26 of 72 coffees achieving 85-points or better on a 100-point scale.
The majority of those achieving 85-points were dry natural processed coffees produced by smallholder community farmers.
The competition is a project of the USAID-funded Value Chains for Rural Development project, implemented by Winrock International, and organised by the Myanmar Coffee Association and Coffee Quality Institute (CQI). It was hosted at the Shwe Danu and Value
Chains project office and coffee lab in Ywangan town, Shan State.
A preliminary screening by national cuppers was held 23-28 February with qualifying coffees advancing to an international round of judging 1-5 March.
Three international judges and five resident national cuppers assessed the coffee samples using SCA cupping protocols and a competition format established by the Coffee Quality Institute. The national cupping team was led by Charlie Habegger of Blue Bottle Coffee (USA). The international team was led by head judge Dr. Sunalini Menon of Coffee Lab International (India), with Raw Material Coffee co-founder Richard Corney (New Zealand), and Sustainable Harvest Relationship Manager Dane Loraas (USA) as judges.
Top-scoring samples from the competition and others from participating communities will be on-hand to taste at the London Coffee Festival, 6-9 April, and the SCA Global Coffee Expo in Seattle on Saturday, April 22nd from 3:45p until 5:30p in the Cupping Exchange area, room #618.
Myanmar’s community coffee farmers are supported through the Value Chains project, which links smallholder farmers with competitive commercial value chains to increase agricultural productivity and promote inclusive agricultural growth. The project, implemented by Winrock International, employs a “people-to-people” approach to increase smallholder agriculture income. CQI is working on behalf of the project to improve coffee quality and productivity in Myanmar. 

Source: GlobalCoffeeReport

An Excellent Coffee

IT WAS AN EXCELLENT COFFEE

I did finally cup your coffee on Friday. I was surprised, I really like it. My tasting notes are as follows:
Fragrance: candy, pecan, fantastic sweet peach
Aroma: grape, sweet candy sugar
Taste: excellent, nice body, peach, candied pecan

Pretty consistent throughout the cupping from dry fragrance all the way through the finish. I didn’t detect any off-notes or significant defects. I thought it was an excellent coffee.Mr. Brian Franklin, USA

Sweet, clean and interesting coffee

2017 FEBRUARY HARVEST

My apologies for the delay. I wanted to put your coffee on our table one more time before I sent back our findings. Attached are our cupping scores. It was little divisive both times on the table, but all agree it was a sweet, clean, and interesting coffee. Mr. Alex Brooks, Quality Control Lab Manager

Here is the cupping report for February 2017 harvest of Himalayan Arabica Nepal Coffee

कफी अनुसन्धान प्रभावहीन

कृषि विज्ञ नहुँदा तीन वर्षअघि बलेटक्सार–१ भण्डारीडाँडामा खुलेको नेपालकै पहिलो कफी अनुसन्धान कार्यक्रम प्रभावहीन हुन पुगेको छ । कफीमा सेतो गवारोको समस्यासहित रोग नियन्त्रणको उद्देश्यले सञ्चालित कार्यक्रममा झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कार्यक्रमले अनुसन्धानका लागि २९ जातका कफीको बोट विकास गरेको छ । सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका १८ सयभन्दा बढी किसान कार्यक्रम आएपछि उत्साहित थिए । १० जातका बीउबाट सुरु गरिएको अनुसन्धान २९ जातसम्म पुर्‍याइएको केन्द्रका वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले बताए । माउबोट, त्यसका हाँगा, बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धानका लागि २ बागवानी विज्ञ, एक कीटविज्ञ र एक माटो विज्ञसहित ६ वैज्ञानिक र अन्य ८ कर्मचारी आवश्यक रहे पनि अहिले थापाबाहेक अन्य विज्ञ छैनन् ।

‘अहिले हामी बोट, फल, बीउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्मको परीक्षणमा केन्द्रित छौं’, उनले भने, ‘तर, विज्ञ अभावले काम प्रभावकारी हुन सकेको छैन ।’ कार्यक्रमको १ सय रोपनी जग्गामध्ये ५० रोपनीमा कफीका २८ हजार बिरुवा परीक्षणका रूपमा उत्पादन भइरहेका छन् । बाँकी जग्गामा नर्सरीका लागि प्लटिङ र सिँचाइ व्यवस्थापनको काम भइरहेको छ । किसानका नर्सरीमा रोपेका बिरुवाले ४ वर्षमै फल दिने भए पनि अनुसन्धान कार्यक्रमपछि नयाँ बिरुवाले २ वर्षमै उत्पादन दिन थालेका छन् ।

‘अहिलेसम्म बालुवामा हुर्काइएको र तोरीको पिनालाई मलका रूपमा प्रयोग गरिएको बिरुवा उत्पादनका लागि प्रभावकारी देखिएको छ’, उनले भने, ‘बिरुवाका लागि सुरुमा खर वा परालको छाप्रो, त्यसपछि रूखको छहारी पनि राम्रो देखियो ।’

अनुसन्धानबाट कफी बोटका लागि तोरीको पिनासँगै कुखुरा, गँड्यौला, बाख्रा र गाईभैंसीको मल प्रभावकारी देखिएको छ । प्रतिबोट तोरीको पिना २, कुखुराको मल साढे २, गँड्यौली मल ३, बाख्राको मल ४ र गाईभैंसीको मल ५ किलो आवश्यक पर्छ । सबै प्रक्रिया पूरा गरेर छानो र छहारीसहित हुर्केका बिरुवाले २ वर्षमै उत्पादन दिन थालेको कार्यक्रमले जनाएको छ ।

जिल्लाभर लामो समयदेखि नियन्त्रणमा आउन नसकेको सेतो गवारोले किसानका कफीको बोट ५० प्रतिशतभन्दा बढी नष्ट गरिसकेको छ । गवारोबाट मरेका बिरुवा डढाएर त्यसका स्थानमा कार्यक्रमको प्रविधिमा उत्पादित नयाँ बिरुवा रोप्नेबाहेकको विकल्प नभएको विज्ञ बताउँछन् । कार्यक्रमले किसानलाई नयाँ प्रविधिका बिरुवा उत्पादनमा लाग्न आग्रह गरेको छ ।

३५ वर्षअघि ५० पैसामा एक बोट कफी रोपेका बलेटक्सार–१ सिन्दुरेका भोजबहादुर रेस्मीले अनुसन्धान कार्यक्रमले बीउ, बिरुवाका लागि नर्सरी व्यवस्थापनमा सहयोग गरे पनि विज्ञ अभावले उत्पादन प्रभावकारी हुन नसकेको बताए । ‘३५ वर्षअघिदेखि सुरु गरेको हुँ,’ उनले भने, ‘नजिकै अनुसन्धान कार्यक्रम आए पनि प्राविधिक नआउँदा हाम्रा बारीसम्मै पुगेर सहयोग हुन सकेन ।’ उनको बगैंचामा अहिले पनि ६ सय बोट छन् । कफी बिक्रीबाटै वार्षिक २ लाख आम्दानी गर्दै आएको रेस्मीले बताए । ‘विज्ञ र प्राविधिक पूर्ण नभएसम्म कार्यक्रम प्रभावकारी हुनै सक्दैन’, एक्ला वैज्ञानिक थापाले भने, ‘जनशक्ति थप नगरे किसानलाई पनि केही दिन सकिँदैन ।’

गौतम, घनश्याम (२०७३, फाल्गुन २०). कफी अनुसन्धान प्रभावहीन. Retrieved from kantipur.ekantipur.com: http://kantipur.ekantipur.com/news/2017-03-03/20170303084225.html

Cupping Report of Himalayan Arabica 2017 Harvest

Notes from Q Grader-1: Orange, Tangerine, Apricot
Notes from Q Grader-2: Complex, Spicy, Honey-liked, Tea-liked, Floral
Notes from Q Grader-3: Tea-liked, Floral

TOTAL CUPPING POINTS
0.83
GRADE: Q - PREMIUM

The Definition of Q Grading System

The Q is synonymous with the term Specialty Coffee. To be considered a Q Certified Coffee, coffee must meet certain minimum requirements, as defined by the Specialty Coffee Association of America (SCAA). The SCAA recognizes two classifications within specialty grade, specialty and premium, and both are considered Q.

पेन्सनसरह कफी

– लालप्रसाद शर्मा, माधव अर्याल – कान्तिपुर फाल्गुन ६, २०७३

नेपालमै पहिलो पटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए । त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी ४१ जिल्लामा विस्तार भइसकेको छ । कफी अन्य बालीको तुलनामा ५/६ गुना बढी फाइदा दिने नगदेबाली हो । नेपालको पहाडी भेगमा उत्पादित अर्गानिक कफीको विदेशमा उच्च माग रहेकाले पनि विदेशी मुद्रा आर्जनको एउटा गतिलो माध्ययम बन्दै गएको छ । एक पटक रोपेपछि वर्षौंसम्म फल दिने कफीलाई किसानको पेन्सन पनि भन्न थालिएको छ । यहाँ कफी खेती कसरी गर्ने भन्ने जानकारी दिने प्रयासमा छौं । 

कफी नै किन रोज्ने ?
नेपालको ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा विशिष्ट श्रेणीको कफी उत्पादन हुने गर्छ । यो उचाइमा अरेबीका प्रजातिअन्तर्गत विभिन्न ३१ जातका कफी लगाउन सकिन्छ । तराईको ७० देखि ५ सय मिटर उचाइसम्म रोबुस्टा नामको कफी लगाउन सकिन्छ । तर, रोबुस्टामा क्याफिनको मात्रा बढी अर्थात् ४ दशमलव ५ प्रतिशत हुने भएकाले त्यसको माग नहुने भएपछि लगाइएको छैन । ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा हुने कफीमा क्याफिन (स्फूर्ति दिने तत्त्व) को मात्रा शून्य दशमलव ९ देखि १ दशमलव ७ प्रतिशतसम्म मात्रै हुने भएकाले यसको उच्च माग छ । 
विश्व बजारमा नेपालको अरेबिका जातको कफीको माग वार्षिक ८ हजार टनसम्म छ । तर, नेपालभरि जम्माजम्मी ४ सय ३४ टन मात्रै उत्पादन हुन्छ । अन्य फलफूल तथा तरकारीजस्तो टिप्नसाथ बजारमा नलगे वा उपभोग नगरे कुहिने डर कफीमा हुँदैन । टिपेको एक वर्षसम्म राम्रो मानिए पनि २/३ वर्षसम्म यसलाई भण्डारण गरी राख्न सकिने भएकाले कफी खेतीको भविष्य छ । कफीसँगै केरा, बेसार, मौरी र पशुपालनसमेत गर्न सकिने भएकाले थप आम्दानी हुन्छ । 
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका कृषि विकास अधिकृत चन्द्र पुरीका अनुसार नेपालको ४२ प्रतिशत मध्यपहाड क्षेत्रको ११ लाख हेक्टरमा कफी लगाउन सकिने भए पनि हाल जम्मा २६ सय १८ हेक्टरमा मात्रै यो विस्तार भएको छ । उत्तर–पूर्व, केही पश्चिम मोहडा भएको जग्गा पानी नजम्ने भिरालो पाखो तथा बारीमा कफी खेती गर्न सकिन्छ । एक रोपनीमा सय बोट लगाउन सकिने र एउटा बोटबाट वार्षिक १० केजीसम्म उत्पादन हुने गर्छ । २० वर्षसम्म बढी उत्पादन र बोटको उचित स्याहार–सुसार र हेरचाह भएमा ४० वर्षसम्म कफी फल्ने भएकाले यसलाई किसानको पेन्सन भनिएको हो । विश्वमा पेट्रोलियम पदार्थपछि बढी कारोबार हुने भएको खैरो सुन पनि यसलाई भन्ने गरिन्छ । यसैले पनि कफी खेतीमा लाग्ने आधार प्रशस्त देखिन्छ । 

अनुदान
कफीको बिरुवालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० प्रतिशत अनुदान दिन्छ । बीउ लगेर ब्याड राखेमा शतप्रतिशतै अनुदानको व्यवस्था छ । बेर्ना हेर्दा सर्लक्क परेको, चिल्ला (गाढा हरियो) कम्तीमा १२ वटा पात भएको, १ फिट उचाइको, रोग कीरा नलागेको, ५ इन्च चौडाइ र ७ इन्च गहिराइको पोलपटमा उत्पादन, सिसाकलम साइजको बेर्नालाई गुणस्तरीय मानिन्छ । बीउको हकमा रोगकिरा नलागेको, ८ देखि १२ वर्षको बोटबाट (नियमित काटछाँट) टिपेर प्रशोधन गर्नुपर्छ । १५–२० प्रतिशत चिस्यान भएको बीउ ब्याडमा रोप्नका लागि उपयुक्त हुन्छ । एक केजी बीउबाट ३५ सय बिरुवा उत्पादन हुन्छ । बोट लगाएको ३ वर्षदेखि कफीले फल दिन थाल्छ । 

यसरी रोप्नुपर्छ
सिँचाइ पर्याप्त भएमा ८/१० महिनाको बिरुवा चैतमै रोप्न सकिन्छ । नभए असार साउनमा १२/१४ महिनाको बिरुवा रोप्न पाइन्छ । एक हात गहिरो खाडलमा ५ केजी कुहिएको गोबर या कम्पोस्ट मल, सयदेखि दुई सय ग्राम कृषि चुन, दुई सय ग्राम निमको पिना या खरानी राखेर २ मिटरको फरकमा रोप्नुपर्छ । रोप्ने स्थानमा एक वर्षअगाडि नै छहारी बिरुवा लगाउनुपर्छ । कफीलाई छहारी आवश्यक पर्छ । त्यसैले तत्कालीन छहारीका लागि छाप्रो हाल्ने, जुटको बोराले छोप्ने, अस्थायीका लागि इपिलइपिल, शीतलचिनी, फलेरा, केरा, किम्बु, अनार, सुन्तलाका बोट भए हुन्छ । स्थायी छहारीका लागि कटुस, टिक, बडहर, कटहर, लिची, आँपजस्ता दोहोरो आम्दानी हुने खालका डालेघाँस तथा फलफूलका बोट लगाउँदा उपयुक्त हुन्छ । ५० देखि ६० प्रतिशत बढी घाम कफीको बोटमा छिर्न दिन हुँदैन ।
 
रोग र निराकरण
कफीको मुख्य शत्रु भनेको सेतो गबारो हो । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा सिन्दुरे रोग पनि महामारीको रूपमा देखिएको छ । छहारी कम हुने, बढी पहारिलो भएमा गबारोले डाँठमा फुल पार्ने, लार्भा बनेर गुदी खाँदै जरासम्म पुग्छ । पात पहेंलो हुने, तान्नासाथ भाँचिने, फल सानो हुने गर्छ । उता बढी पानी पर्ने सिजन, ओसिलो वातावरण, २१ देखि २४ डिग्री तापक्रममा सिन्दुरे देखिएको छ । यो हावापानी, मानिस र जनावरका माध्यमबाट पनि सर्ने गर्छ । पातको पछाडिपट्टि पहेंलो धब्बा (सुन्तला रंग) देखिने, पात सबै झरेर रूख नांगै हुने, अर्को वर्ष कम फल लाग्ने र बोटै मर्ने हुन्छ । कफीको दानामा सीधा घाम परेमा बेरी ब्लच रोग लाग्न सक्छ । यसो भएमा फल कुहिन्छ । नर्सरीमा बढी चिसो भएर पातको खैरो धब्बा लाग्न सक्छ । सेतो गबारोले (चैत–वैशाख र असोज–कात्तिक) मा बोक्रामा फुल पार्ने भएकाले जुटको बोराले डाँटमा रगडेर चिल्लो बनाउने । यसले फूल पार्ने ठाउँ नहुने र पारिसकेको भए पनि फूल खस्छ । 
पहारिलो मन पराउने भएकाले छहारीको पर्याप्त व्यवस्था गर्नुपर्छ । फुल पारिसकेको भए १० प्रतिशत चुनाको झोल बनाएर डाँठमा छर्कन वा लेप लगाउन सकिन्छ । मदानी पासो राखेर गबारोको भालेलाई आकर्षित गरी नियन्त्तण गर्न सकिन्छ । जैविक विषादी बनाएर वर्षमा ४/५ पटक छर्किने र गवारो लागिसकेमा बोट काटेर जलाउनुपर्छ । 
यसैगरी सिन्दुरे लागिसकेपछि कुनै नियन्त्रण सम्भव छैन । रोग नलाग्दै व्यवस्थापन गर्नुपर्छ । यसका लागि नीलोतुथो र चुनको घोल (बोडो मिश्रण) बनाएर वर्षमा कम्तीमा ३ पटक छर्नुपर्छ । पानी पर्नुअघि जेठ–असार, पानी परेर रोकिएपछि भदौ–असोज र फूल खेल्ने बेला फागुन–चैतमा छर्नुपर्छ । बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्छ । ओसिलो अर्थात् चिसोमा फैलिने भएकाले नियमित काटछाँट, सरसफाइमा ध्यान दिनुपर्छ । सिन्दुरे लागेको ठाउँबाट अन्यत्र बिरुवा लगेर रोप्न हुदैन । रोगप्रतिरोधी सान रोमन, केटिसिक र क्याटिमोर जातका कफी लगाउन सकिन्छ । 

मूल्य कस्तो छ त ?
बोटमा ५ प्रतिशत जति रातो चम्किलो दाना भएपछि कफी टिप्न सकिन्छ । यसलाई फ्रेस चेरी भनिन्छ । बोर्डले यसको मूल्य ‘ए’ ग्रेडको भए प्रतिकेजी ८३ र ‘बि’ ग्रेडकोलाई ७८ रुपैयाँ तोकेको छ । फ्रेस कफीलाई २४ घण्टाभित्र ‘पल्पिङ’ गर्नुपर्छ । ‘पल्पिङ’ गरेपछि छुट्टिने दानाको चिल्लो पदार्थ हटाउन २४ देखि ४८ घण्टासम्म गुम्साएर राख्नुपर्छ । सफा पानीले पखालेपछि पार्चमेन्ट कफी बन्छ । यसको प्रतिकेजी ‘ए’ ग्रेडको ४१५ र ‘बी’ ग्रेडको ४ सय रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीलाई सुकाएर हलिङ (बोक्रा फाल्ने) गरेपछि ग्रिनविन कफी (खानयोग्य) बन्छ । यसको प्रतिकेजी ८५० रुपैयाँ पर्छ । ६ किलोको फ्रेस चेरीबाट एक किलो ग्रिनविन बन्छ । 

कसरी बिक्री गर्ने
उत्पादन भएको कफी स्थानीयस्तरमा सहकारीले सञ्चालन गरेको पल्पिङ सेन्टरमा पुर्‍याउन सकिन्छ । आफैं पल्पिङ गरेर पार्चमेन्ट बनाउन सकिन्छ । सहकारीले जिल्लाभरको कफी संकलन गरी केन्द्रमा पठाउँछ । आफैंले सीधै व्यापारीलाई पनि बिक्री गर्न सकिन्छ । उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । 
नेपालबाट बढी मात्रामा जापान, कोरिया, सिंगापुर, अमेरिका र युरोपेली देशहरूमा कफी निर्यात हुँदै आएको छ । हामीले बाहिरबाट केमिकल मिसाएको कफी आयात गरी खाइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका कृषि प्राविधिक देवेन्द्र पौडेल बताउँछन् । आर्थिक वर्ष ०७२/७३ मा १० करोड ८ लाख रुपैयाँ बराबरको १ सय १२ टन कफी निर्यात भएकोमा ५ करोड ५६ लाख मूल्य बराबरको कफी आयात भएको थियो । निर्यातमा हालसम्म कुनै अवरोध छैन । 

दर्ता प्रक्रिया
बोर्डमा दर्ता गर्दा अनुदान पनि पाइन्छ । कफीको बगैंचा (मात्रा) अनुसार २० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म तिरेर प्रमाणपत्र लिए पुग्छ । साना किसानदेखि निर्यातकर्तासम्मको रकम हो यो । संस्था वा व्यक्तिको निवेदन, परिचय खुलेको विवरण, अन्यत्र दर्ता गरेको भए प्रमाणपत्र ल्याए हुन्छ । बीउमा शतप्रतिशत र बेर्नामा ५० प्रतिशत अनुदान छ । प्राविधिक तालिम, अध्ययन भ्रमणलगायत सहयोग पनि मिल्छ । ठूलो बगैंचा स्थापना गरेमा कृषि, घरेलुमा दर्ता गर्न सकिन्छ । यसका लागि ठूलो आर्थिक भार पर्दैन ।

http://kantipur.ekantipur.com/printedition/news/2017-02-17/20170217094804.html

Popular and Most Visible Domestic Coffee Brands

The Himalayan Times – Sunday, 05 February 2017

Hot Cups of Local Coffee
Reena Chikanbanjar / Kathmandu

First Nepali coffee brand to have received international recognition

Due to the growing number of coffee drinkers in the world and in Nepal, a number of Nepali coffee brands have spurred in the Nepali coffee market. Some of the popular and most visible domestic coffee brands on the shelves today are Himalayan Arabica Coffee, Him Cafe and Jalpa Gold Coffee among others.

Himalayan Arabica is one of the first Nepali coffee brands to have made a mark in the international market.

INTERNATIONALLY RECOGNISED

Recognised best for superior taste and flavour, Himalayan Arabica is the first Nepali coffee brand to have received international recognition.

Raj Kumar Banjara, founder of Greenland Organic Farm Pvt Ltd, says that Himalayan Arabica is one of the first Nepali coffee brands to have made a mark in the international market. 

“The major priority of our brand is maintaining the quality of its products right from the pro­duction phase up till the time it reaches our customers.” He says that Himalayan Arabica is the first registered coffee brand in Nepal which is accredited for its high standard and superior quality.

The brand currently has seven different varieties of coffee among which Premium Coffee is the most popular due to its premium quality and consistent taste.

Himalayan Arabica is available in different packet sizes between Rs 490 to Rs 1,050. Himalayan Arabica coffee is available at coffee shops and the company also provides home delivery service; customers can order either via contact provided on its official website or through online shopping forums. The company has also expanded to markets in The Netherlands, Pakistan, Germany, America, Taiwan etcetera.