Nepal Women's Coffee Initiative by Himalayan Arabica Coffee

Nepal Women’s Coffee Initiative

It is estimated that more than 90% of Nepali coffee is produced by women only but their contribution has hardly been recognized!

The acknowledgement of this fact is important to encourage and recognize the participation and contribution of women in Coffee industry.

Coffee is the right way to uplift the economic status of Nepali women and to empower them which will ultimately help Nepal government to achieve ‘prosperity goal’.

Himalayan Arabica  has taken an initiation to recognize the women’s contribution to empower women in the national coffee community and to encourage and recognize the participation of women in all aspects of the coffee industry through a mission ’10K Women by 2020′.

Nepali Coffee at the Mt. Everest

Ms. Dabuti Sherpa has brewed and served Nepali Coffee at the Mount Everest, the world’s highest mountain.
Ms Sherpa is the first Nepali Barista climber who has successfully climbed the Mt. Everest on 14th of May 2018 with the mission of promoting Nepali coffee.
She has brewed and served HimalayanArabica® Nepali Coffee at the highest camp and took the coffee at the summit for the purpose of promoting Nepali coffee to the world.

Greenland Organic Farm Pvt. Ltd.,  the producer of Himalayan Arabica coffee was the main sponsor of her expedition.

Team Himalayan Arabica coffee would like to congratulate her for her achievement and also thank her for showing Nepali coffee to the world from the highest peak on the earth.

Here are some of the media coverage published the very next day of her press conference.

सगरमाथा आरोही दुई नेपालीलाई सम्मान

सगरमाथाको सफल आरोहण गरेकी बारिस्ता दाबुटी शेर्पा राजधानीमा सम्मानित

 

 

Himalayan Arabica Coffee received the ‘Best Enterprise Award”

On the occasion of fourth Annual General Meeting of Nepal Coffee Federation, Greenland Organic Farm, the producer of Himalayan Arabica Coffee received the ‘Best Enterprise Award of the Year 2018″.
Honorable Minister of Agriculture Chakra Pani Khanal and the President of Nepal Coffee Federation Mr. Shyam Bhandari has jointly awarded the certificate.

Team Greenland would like to thank Nepal Coffee Federation, Coffee Fraternity, Well-wishers and consumers.

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

०१ बैशाख २०७५| सरिता श्रेष्ठ|नागरिक न्युज

धादिङ – उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ। टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ।

बारीभरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ। जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड कमाउने गर्दछन्। यहाँ उत्पादन भएका कफी देशका विभिन्न ठाउँ तथा विदेशमा समेत निर्यात हुने गर्दछ।

नलाङका किसानले उत्पादन गरेको एउटै कफी फार्मबाट ५ करोड बराबरको कफी उत्पादन गरि विदेश निर्यात गरेका छन्। अर्गानिक कफी उत्पादनमा निकै नै चर्चा बटुलेको हिमालयन अनटप अर्गानिक कफी स्टेट प्रालि नलाङले गतवर्षको उत्पादनबाट ५ करोड रुपैयाँ बराबरको कफी युरोपियन मुलुक नर्वेमा निर्यात गरेको बताएका छन्।

५ वर्षअघि देखिबाट सुरु गरिएको कफी खेतीले आम्दानी बढाएको छ भने किसानलाई रोजगारी समेत मिलेको फार्मका संचालक नीलकण्ठ रेग्मीले बताए। ‘५ वर्षअघि बाट सुरु गरिएको उक्त फार्ममा गत वर्षबाट राम्रो उत्पादन दिन सुरु गरेको हो’ रेग्मीले भने, ‘उत्पादन गरिएको कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी किसानहरू उत्साहित भएका छौँ।’ यस वर्षपनि कफीको उत्पादन राम्रै भएकाले गतवर्षको भन्दा यस वर्ष निर्यातदर झनै बढ्ने रेग्मीले बताए।

नलाङमा २ सय ५० रोपनी क्षेत्रफलमा कफी खेती लगाइएको छ। अहिले ५२ हजार कफीका विरुवा छन्। त्यसमध्ये १८ हजार बोटबाट उत्पादन सुरु भएको छ। गत वर्षको उत्पादनबाट ११ टन कफी नर्वे पठाइएको रेग्मीले बताए। गत वर्ष भन्दा बढी कफी उत्पादन भएको र बजारीकरणको लागि पनि सहज भएको उनले बताए।

‘प्रत्येक वर्ष उत्पादन दर बढाउने योजना छ’ रेग्मीले भने, ‘यस वर्ष झनै उत्पादन बढ्ने अनुमान गरिएको छ।’ उत्पादनसँगै कफीको माग बढ्न थालेको छ। प्रत्येक वर्ष नयाँ कफीका बोटहरु थप्दै जाने रेग्मीले बताए। नर्वे लगायत युरोपियन मुलुकहरूमा अर्गानिक कफीको माग उच्च रहेकोले जति उत्पादन गरेपनि निर्यातको लागि सहज भएको र भाउपनि राम्रो आउने गरेको किसानको भनाइ छ।

नलाङको फार्ममा उत्पादित कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी अन्य किसानहरू उत्साहित भएका छन्। विषादीको प्रयोग नगरिएको अर्गानिक कफी अहिले फार्मबाटै प्रति किलोको ४ हजार रुपैयाँमा व्यापारीहरूले लैजाने गरेका छन्। कफी फार्म भित्रै संचालकहरूले कन्ट्री प्याराडाइज नामक कफी रिसोर्ट समेत चलाएका छन्।

ठूलो क्षेत्रफमा लगाएको कफीका बोट र जंगलको बीचमा चलाइएको रिसोर्टबाट पनि राम्रै आम्दानी भइरहेको संचालक रेग्मीले बताए। उक्त कफीफार्म र रिसोर्टबाट स्थानीयहरूले पनि रोजगारी पाएका छन्। १४ जना आवासीय कामदारहरू रहेका छन भने कफी टिप्ने, गोडमेल गर्ने बेलामा ५० जनाभन्दा बढी मौसमी कामदारहरुले पनि रोजगार पाएका छन।

कफीको पकेट क्षेत्रको रुपमा मानिने यस क्षेत्रमा किसानहरूलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम समेत आयोजना गरिदै आएको छ। जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरूलाई तालिम, बोटविरुवा तथा आवश्यक सामग्रीहरू पनि प्रदान गर्दै आइरहेको छ। जिल्लाभरी करिव २० हजार किलोग्राम गत साल अर्गानिक कफी उत्पादन भएकोमा यस वर्ष भने उत्पादन दोब्बर हुने कार्यालयले जनाएको छ। विशेषगरी धादिङको नलाङ, सलाङ र कुम्पुरमा कफीको ब्यवसायीक खेती सुरु भएको छ।

कफी खेती कमै मात्रामा गर्ने धादिङका किसान अहिले व्यवसायिक रुपमा नै खेती गरेर आम्दानी लिने गर्दछन्। धादिङका किसानका लागि नयाँ खेती भएपनि अहिले उत्पादन राम्रो भएपछि आकर्षित भएका छन्। बजारमा अर्गानिक कफीको माग अत्याधिक रहेपनि उत्पादित कफीले बजार धान्न नसकेपछि अहिले नयाँ किसानहरु पनि ब्यवसायिक कफी खेतीतर्फ अग्रसर छन्। धादिङका ग्रामीण भेगका धेरै जसो किसानहरूले दश, पन्ध्र बोट मात्र कफी परिक्षणको रुपमा लागएका छन् भने त्यसबाट भएको उत्पादन घरायसी रुपमा मात्र प्रयोग गर्ने गरेका छन्।

नलाङमा उत्पादित कफी फार्म हेर्नकै लागि विभिन्न ठाउँहरूबाट मानिसहरु आउने गरेका छन्। रिसोर्टमा दिनहुँ विदेशी पर्यटकहरू कफी फार्म घुम्न र बास बस्न आउने गरेका छन। यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीयहरूले विभिन्न अभियान चलाएका छन्। कफी उत्पादन भएका क्षेत्रमा संकलन, व्यवस्थापन र विक्री वितरणमा सरकारले पनि चासो दिनुपर्ने किसानहरूको माग छ। अन्तर्राष्ट्रिय बजारको माग अनुसार कफी निर्यात बढाउन नसकिएको किसानहरूको भनाई छ।

नेपालमा कफीको इतिहास ७८ वर्ष पुरानो छ। हिरा गिरीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय दिइन्छ। बर्मामा जागिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको बोट गुल्मीमा भित्र्याएका थिए। त्यही बोटबाट नेपालका ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।

नेपाली कफी: अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट

काठमाडौँ, चैत २१ गते ।Gorkhapatraonline.com

नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट स्थान पाएको छ । अन्तर्राष्ट्रिय संस्था ‘कफी रिभ्यु’ ले नेपालका एक कम्पनीको कफीको नमुना परीक्षण गरी सो स्थान दिएको हो । नुवाकोटको लेकाली कफीले उत्पादन गरेको कफीको नमुना परीक्षण गरी कफी रिभ्युले ९० अङ्क प्रदान गरेको छ । विश्वका उत्कृष्ट कफीहरूको नाम कफी रिभ्युले प्रकाशन गरेको छ । जसमा नेपाल पनि परेको छ । विश्व बजारका लागि ९० अङ्क उत्कृष्ट अङ्क रहेको लेकाली कफी उत्पादक निम तेञ्जिङ शेर्पाले जानकारी गराउनुभयो ।

कफी रिभ्युका अनुसार ६० देखि ६५ अङ्कसम्म ल्याउनेलाई ठीकठीकै मानिन्छ । ८० अङ्कभन्दा माथि अङ्क ल्याउनेलाई उत्कृष्टमा राखिने गरिएको छ । हालसम्म कफी रिभ्युको वेबसाइटमा ९६ अङ्क प्राप्त गरेको देशको कफीको नाम उल्लेख गरेको छ ।
६० अङ्कभन्दा कम अङ्क ल्याउने कफी गुणस्तर नहुने मापदण्ड राखिएको छ । नेपालका विभिन्न कफी फर्मले सन् २०१२ देखि लगातार कफी रिभ्युमा आफ्नो नमुना पठाउँदै आएका थिए । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले आफ्नो सुरक्षित स्थान नबनाएको बेला यो रिभ्युले किसानलाई आशा जगाएको बताइएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा मङ्गलबार आयोजना गरिएको एक अन्तत्र्रिmया कार्यक्रममा बोर्डका बद्रीप्रसाद बाँस्कोटाले नेपाली कफी पनि उत्कृष्ट हो भन्ने कुरा निजी क्षेत्रको एक अन्तर्राष्ट्रिय संस्थाले प्रमाणित गरिसकेपछि यसको महìव बढ्ने बताउनुभयो । नेपाली कफीका लागि अब बजारको समस्या हुने छैन, उहाँले भन्नुभयो, अब अन्तर्राष्ट्रिय उपभोक्ताको पनि नेपाली कफीप्रति आकार्षण बढ्छ । अन्तर्राष्ट्रिय रूपमा नेपाली कफीले यसरी उत्कृष्ट अङ्क ल्याउनु धेरै ठूलो कुरा हो, तर यो त्यत्तिकै आएको होइन, लेकाली कफीका शेर्पाले भन्नुभयो, यसरी अङ्क ल्याउनु मुख्य कुरा गुणस्तर नै हो । गुणस्तरमा ध्यान दिएन भने उत्कृष्ट अङ्क ल्याउन सकिँदैन । भारत र चीनको उत्पादन उच्च रहेको छ । यस बीचमा नेपालले प्रतिस्पर्धा गर्नु चानचुने कुरा नरहेको उहाँको दाबी छ ।
सगरमाथाको देश र यहाँको चिया र कफी मीठो हुन्छ भनेर मात्र हुँदैन यसका लागि गुणस्तरमै ध्यान दिनुपर्ने बताउँदै उहाँले कफी टिप्ने बेलादेखि नै गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । कफी रिभ्युका लागि कम्तीमा ४० वटा नमुना दिनुपर्छ । कफी रिभ्युमा जसले पनि आफ्नो नमुना पठाउन सकिन्छ । मापदण्ड पूरा गरेर पठाउने जुनसुकैको परीक्षण गर्ने उहाँले बताउनुभयो ।

कफी उत्पादनमा लाग्नु भएका राजकुमार बन्जाराले विश्वमा नेपाली किसानले राम्रो मूल्य पाउने मध्येका कफी रहेको तर नेपाली बजार नै राम्रो नरहेको टिप्पणी गर्नुभयो । नेपालको दुई ठूला देश चीन र भारत रहेका छन् । तिनका अगाडि हामीले प्रतिस्पर्धाको कुरा गर्न हुँदैन तर गुणस्तरका लागि प्रतिस्पर्धा गर्न सक्छौँ, उहाँले भन्नुभयो, नेपाली कफीलाई गुणात्मकले होइन, गुणस्तरमा ध्यान दिए मात्र अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सक्छ ।
चीनबाहेक २९ देशमा नेपाली कफी निर्यात भइरहेको छ । चीन पठाउनका लागि नेपाली कफी व्यवसायीले निकै प्रयास गरेको तर राज्यले ध्यान नदिएको गुनासो बन्जाराले गर्नुभयो । बजारमा देखिने प्रायः कफीमा स्पेसल कफी भनेर लेवल लगाएका हुन्छन् । जो सत्य होइन, बिक्रीका लागि त्यो लेबल लगाएको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, बट्टामा स्पेसल लेखिएका सबै कफी स्पेसल कफी होइनन् । अर्को कुरा नेपालका सबै कफी अर्गानिक हो भनी दाबी गरिएको छ तर सबै अर्गानिक नरहेको उहाँले दाबी गर्नुभयो । उपभोक्तालाई झुक्याउनका लागि अर्गानिक हो भनी दाबी गरिएको हुन्छ तर त्यो कफी अर्गानिक हो भनी कतैबाट ‘सर्टिफाइड’ नभएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालमा दुई हजार छ सयभन्दा बढी हेक्टरमा कफी खेती भइरहेको छ । गत आर्थिक वर्ष नेपालमा ४६४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

नेपाली कफीलाई ९० स्कोर

बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता

पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो ।  नेपालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो ।  बर्सेनि कफीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको कफी रिभ्यु डट कमले सन् २०१७ मा गरेको अध्ययनमा नेपालको कफीले ९० अंक प्राप्त गरेको जनाएको छ । विश्वभरका कफी उत्पादक मुलुकका नमूनासमेत परिक्षण गरिने अध्ययनमा नेपालको प्रतिनिधित्व गर्ने नुवाकोट मदनपुरस्थित लेकाली कफी स्टेटको कफीले यो स्कोर प्राप्त गरेको हो । नेपालले २०१२ देखि पटक पटक प्रयास गर्दा यो वर्ष ९० अंक प्राप्त गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा छलफल गर्न बोर्डले मंगलबार एक अन्तरक्रिया आयोजना गरेको थियो । “नेपालको कफीले विश्वभरका कफीबजारलाई चकित बनाएको छ भने नेपालका लागि यो निकै गर्वको विषय हो,” कार्यक्रममा बोर्डका निर्देशक दिपक खनालले भने, “कृषक तथा व्यवसायीको मेहनतले यो उपलब्धी हात परेको हो, कफी क्षेत्रमा बोर्डको तर्फबाट प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं ।” युरोपिन युनियनको सहयोगमा वाणिज्य मन्त्रालयले सञ्चालन गरिरहेको व्यापार तथा नीजि क्षेत्र विकास कार्यक्रममार्फत पनि बोर्डमार्फत कफी प्रवद्र्धन कार्यक्रम गरिरहेको उनले बताए । पहिलो पटक नेपाली कफीले संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गरेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । “हामीले १ हजार १ सयदेखि १ हजार ३ सय ५० मिटरको उचाईमा उत्पादन गरिएको कफीलाई वैज्ञानिक रूपमा प्रशोधन गरी कफी रिभ्यु डट कममा नमुना पठाएका थियौं,” उनले भने, “हाम्रो कफीले यो स्कोर पाउँदा निकै खुसी छौं, हाम्रो कफी फार्म मात्र नभई समग्र नेपालकै लागि यो खुशीको विषय हो ।” लेकाली कफीले कफी उत्पादन तथा प्रशोधनमा विश्व स्तरको प्रविधिको प्रयोग गर्दै आएको उनले बताए । विश्वमै सबैभन्दा बढी स्कोर इन्डोनेसियाले ९७ प्राप्त गरेको छ । लामो समय कफी कारोबार गर्दै आएका चीन र भारतले पनि पछिल्ला वर्षहरूमा ९० कटाउन थाले पनि नेपालले भने छोटो समयमा यो उपलब्धी हासिल गरेको हो । नेपालमा २ हजार ६ सय ४६ हेक्टरमा खेती भएको कफी गत वर्ष ४ सय ६६ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ९५ हजार किलो कफी निर्यात गरी नेपालले ८ करोड ४९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको थियो । नेपालका सात जिल्लाले प्राङ्गारिक कफी उत्पादनको लाइसेन्स लिएका छन् भने तीन जिल्ला लाइसेन्सको प्रक्रियामा छन् । नेपालमा उत्पादन भएको उच्च गुणस्तरको कफीले विश्व बजारमा मूल्य पनि उच्च नै पाइरहेको ग्रिनल्याण्ड अग्र्यानिक कफी फार्मका सञ्चालक डा. राजकुमार बन्जारा बताउँछन् । यसका लागि गुणस्तरियतामा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ । 

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

बुधबार, २१ चैत २०७४ |  दिलीप पौडेल, नागरिक न्यूज

काठमाडौं – नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिलोपटक हो।

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । ‘४० मुलुकको कफी परीक्षण गर्दा नेपालको कफीले ९० स्कोर पाएर अब्बल बनेको छ,’ बोर्डका निर्देशक दीपक खनालले भने, ‘अब विश्व बजारमा नेपाली कफी प्रतिस्पर्धा गर्न सक्षम भएको छ।’

फ्लेवर, टेस्ट, एसिडिटी, स्विटनेसलगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बायर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अमेरिकामा रहेको कफी रिभ्यु डटकमले उक्त रिपोर्ट सार्वजनिक गर्ने गरेको छ।

धेरै मेहनतपछि आफ्नो बगानको कफी अब्बल बनेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । ‘धेरै वर्षदेखिको कफी प्रशोधनका विभिन्न चरण पूरा गरेर यो अवस्थामा आएका हौं,’ शेर्पाले भने, ‘कफी टिप्दादेखि भण्डारण प्रक्रियामा सानो गल्ती गरे पनि गुणस्तर कमजोर हुन्छ।’

कफी टिपेदेखि, ग्रेडिङ, पल्पिङ, गुम्स्याउने, धुने, सुकाउनेलगायतका प्रक्रियामा मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । ‘पाँच वर्षदेखिको प्रयासले सफलता प्राप्त गरेका छौं,’ शेर्पाले भने, ‘हामी नेपाली किसानका लागि गौरवको विषय हो ।’ सबै प्रक्रिया पुर्‍याएर कफीखेती गरे नेपाली कफीका लागि आगामी दिन सुखद रहेको शेर्पाले बताए ।गुणस्तरी उत्पादनका लागि कफी रोपणदेखि प्रोसेसिङ विधि व्यवस्थित गनुपर्ने सरोकारवाला बताउँछन् । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विदेशीहरुले उच्च मूल्य दिएर खोजी–खोजी लैजाने व्यवसायी बताउँछन्।

नेपालमा कफीखेती परम्परागत रुपमा हुँदै आएको छ । अब व्यावसायिक हुनुपर्ने बेला आएको बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए । ‘नेपाली कफीले गुणस्तरमा विदेशी कफीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ,’ लुइँटेलले भने, ‘सबै कफी उत्पादक किसानले अब गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ ।’आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भए पनि उत्पादन बढ्न सकेको छैन । कफी उत्पादनबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भए पनि अपेक्षित रुपमा कफीखेती विस्तार हुन नसकेको हो।

नेपाली कफी उत्पादक किसानलाई उत्तिकै चुनौती रहेको कफीविज्ञ राजकुमार बन्जाराले बताए । ‘एउटा बगानका उत्पादकको मेहनतले कफी उत्कृष्ट बनेको छ,’ बन्जराले भने, ‘सबै किसानले कफी उत्पादनका मापदण्ड अनुशरण गर्नुपर्छ।’

वाणिज्य नीति र कृषि रणनीतिले पनि कफीलाई उच्च प्राथमिकतामा राखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निजी क्षेत्र विकास परियोजनाका बद्रीप्रसाद बस्ताकोटीले बताए । ‘विशेष कफी उत्पादन हुँदा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ,’ बस्ताकोटीले भने, ‘अन्तर्राष्ट्रिय बजारको अक्सनमा गएपछि बढाबढबाट उच्च मूल्यमा कफी बिक्री गर्न सकिन्छ।’

मुलुकभर २६ सय हेक्टर क्षेत्रफलमा चार सय ६६ मेट्रिक टन कफी उत्पादन हुने गरेको बोर्डले जनाएको छ । चालू आर्थिक वर्षमा करिब सात प्रतिशत उत्पादन बढ्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।

कफी उत्पादनमा हेल्भेटास, युरोपियन युनियनलगायतका निकायले पनि सहयोग गर्दै आएका छन् । कफी प्रशोधनका लागि पूर्वाधार निर्माणमा विभिन्न जिल्लामा सघाउँदै आएको हेल्भेटासका भोला श्रेष्ठले बताए । ‘मध्य र पश्चिम क्षेत्रका किसानलाई पूर्वाधार निर्माणमा सघाइरहेका छौं,’ उनले भने।

बोर्डले कफीखेती विस्तार गर्न चालू आर्थिक वर्षमा करिब सात लाख बिरुवा रोपेको जनाएको छ । कफीको विकास गर्न पाँचवर्षे रणनीति योजना र निर्यात रणनीति तयार भएको छ । बोर्डले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत मापदण्ड निर्धारण गर्ने तयारी गरिरहेको जनाएको छ।

‘४० मुलुकको कफी परीक्षण गर्दा नेपालको कफीले ९० स्कोर (अंक) पाएर अब्बल बनेको छ । अब विश्व बजारमा नेपाली कफी प्रतिस्पर्धा गर्न सक्षम भएको छ ।’

अपेक्षित रुपमा उत्पादन बढ्न नसके पनि निर्यात भने बढेको छ । आर्थिक वर्ष ०६८-६९ मा चार करोड ३० लाखको चिया निर्यात भएकोमा आर्थिक वर्ष ०७३-७४ मा आठ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यहाँ उत्पादन भएको ४० प्रतिशत कफी जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्सलगायतका मुलुकमा निर्यात हुन्छ।

चीन र भारतलाई उछिन्दै विश्वमै अब्बल बन्यो नेपाली कफी

काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको इज्जत जोगाउन सफल भएको छ। विश्वभर उत्पादन हुने कफीको गुणस्तरसम्बन्धी सूचकांकका आधारमा घोषणा गरिने उत्कृष्टतामा यो वर्ष नेपाली कफीले ९० अंक प्राप्त गरेको छ। पहिलोपटक नेपाली कफी संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गर्न सफल भएको हो।

विश्वभरका कफीको गुणस्तर र बजारीकरणका विषयमा निगरानी राख्दै आएको ‘कफी रिभ्यु डट कम’ ले यो वर्ष नेपाली कफीलाई ९० अंक प्रदान गरेको छ। यो अंकले नेपाली कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई ठूलो उत्साह मिलेको छ। नेपालले सन् २०१२ देखि नै उच्च अंक प्राप्त गर्न परि श्रम गर्दै आएको थियो।

कफी उत्पादन हुने विश्वभरका मुलुकको सूचीमा नेपाल पर्दैन। तर, पनि नेपालले उत्कृष्ट स्वाद र गुणस्तरको कफी उत्पादन गरेर विश्व कफीबजारलाई चकित बनाएको छ। कफी रिभ्यु डट कमले विश्वभरबाट आउने कफीको नमुना उत्पादनदेखि प्रशोधनसम्मको सूक्ष्म प्रविधि र कफीको गुणस्तर, बास्ना, एसिडिटी र स्वादलाई आधार बनाएर यस्तो अंक प्रदान गर्दै आएको छ।

अत्यधिक परिमाणमा कफी उत्पादन गरी ठूलो निर्यातकर्ता मुलुकको रूपमा गनिएका दुई छिमेकी मुलुक भारत र चीनको कफीले नेपाली कफीसँग यो वर्ष प्रतिस्र्पधा गर्न सकेन। भारतको कफीले सन् २०११ मा ८७ देखि ९२ सम्म र २०१६ मा ८९ अंक प्राप्त गरेको थियो। यस्तै चीनको कफीले सन् २०१७ मा ९१ देखि ९५ अंक र सन् २०१६ मा ९१ देखि ९५ अंक प्राप्त गरेको थियो। एसियाली मुलुकमध्ये इण्डोनेसियाले सबैभन्दा बढी ९७ अंक प्राप्त गरेको छ।

यो वर्ष पनि संसारभरका कफी उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्ताले आफ्नो कफीको गुणस्तरीयताको बारेमा स्कोरिङ प्रतिस्र्पधामा सहभागी भएका थिए। यो स्कोरिङ प्रतिस्र्पधामा नेपालका तर्फबाट नुवाकोटको मदनपुरस्थित लेकाली कफी इस्टेटले सहभागिता जनाएको थियो।

लेकाली कफी इस्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले एक हजार एक सयदेखि एक हजार तीन सय ५० मिटरको उचाइमा फलाएको र वैज्ञानिक रूपमा प्रशोधन गरिएको कफीको नमुना उक्त कफी रिभ्यु डट कममा पठाएका थिए। समग्र नेपालको प्रतिनिधित्व गर्दै शेर्पाले पठाएको नमुना कफीले ९० अंक प्राप्त गरेको हो। शेर्पाले अत्याधुनिक प्रविधिको प्रयोग गरी कफीखेती र प्रशोधन गर्दै आएका छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार कार्यक्रम आयोजना गरी नेपाली कफीले उत्कृष्ट अंक प्राप्त गरेको सार्वजनिक गरेको छ। बोर्डका निर्देशक दिपक खनालले नेपालमा उत्पादन भएको कफीले विश्वस्तरमै ९० अंक प्राप्त गरी अन्तर्राष्ट्रिय जगतमा मुलुककै शान बनाएको बताए।

वाणिज्य मन्त्रालयका टीपीएसडी आयोजनाका सल्लाहकार बद्री बस्ताकोटीका अनुसार यसअघि नेपालको हिमालयन अरेबिकाले २०१६ मा ८९, २०१५ मा ८५, २०१३ मा ८४ र २०१२ मा ८१।५ अंक प्राप्त गरेको थियो। अन्तर्राष्ट्रिय बजार पाउन कम्तीमा ८० अंकभन्दा बढी अंक प्राप्त गर्नुपर्छ।

‘यो हाम्रा लागि गौरबको विषय हो,’ खनालले भने,‘नेपालमा उत्पादन हुने कफी पनि विश्वस्तरको हुन सक्छ भन्ने हत्ववपूर्ण सन्देश अन्तर्राष्ट्रिय जगतमा दिन सफल भएको छ।’ आगामी दिनमा दिनमा कफीको गुणस्तरलाई थप प्रभावकारी बनाएर प्राप्त भएको अंकको रेकर्ड तोड्न थप गृहकार्य गर्नुपर्ने सुझाव खनालले नेपाली उत्पादनकर्ता, प्रशोधनकर्ता, बिक्रेता र निर्यातकर्तालाई दिए।

ग्रिन ल्यान्ड अर्गानिक फार्मका निर्देशक तथा नेपालको क्यु ग्रेडर डा. राजकुमार बन्जाराका अनुसार भारत र चीनले विश्व बजारमा कफीको बजार विस्तार गरिरहँदा नेपालले मौलिक स्वाद कायम राख्दै उच्च गुणस्तरको कफी उत्पादन गरेको खण्डमा कफीको अन्तर्राष्ट्रिय बजारमा थोरै भए पनि महत्ववपूर्ण हिस्सा ओगट्न सफल हुन सक्छ। कफीको विश्व बजारमा चीन १३ औं स्थानमा आउँछ। यस्तै भारत सातौं स्थानमा आउँछ।

हिमालयन अरेबिका ब्रान्डमा कफीको प्रशोधन र बजारीकरण गरिरहेका बन्जाराका अनुसार चीनले बर्सेनि एक लाख १६ हजार आठ सय २० मेट्रिक टन र भारतले तीन लाख ४८ हजार मेट्रिक टन कफी निर्यात गर्दै आएको छ। चीनले सन् २०२२ सम्ममा उत्पादन वृद्धि गरी मुख्य निर्यातकर्ता मुलुकका रूपमा आफूलाई अगाडि बढाइरहेको छ भने भारतले अरेबिका जातको कफीको उत्पादनमा सामान्य वृद्धि गर्ने लक्ष्य राखेको छ।

यसरी अंक प्रदान गरिन्छ
कुनै पनि मुलुकका कफी उत्पादनकर्ता र प्रशोधनकर्ताले सजिलै कफी रिभ्यु डट कमबाट स्कोरिङ पाउँदैनन्। कफी रिभ्यु डट कमले स्पेसलिटी कफी एसोसिएसन अफ अमेरिकाले कफीसम्बन्धी तयार पारेको मापदण्डको आधारमा मात्रै मुलुकभरका कफीलाई स्कोरिङ प्रदान गर्दै आएको छ।

क्यु ग्रेडर बन्जाराका अनुसार अमेरिकाले प्रदान गरेको अनुमतिप्राप्त तीन जना क्यु गे्रडरले कफीको तीन चरणमा परीक्षण गर्छन्। पहिलो चरणको ग्रिन विन्सको गुणस्तरसम्बन्धी करिब १६ वटा प्यारामिटर परीक्षण हुन्छ। त्यसपछि दोस्रोमा विभिन्न प्रक्रियाबाट प्रशोधन तथा रोस्ट गरिएका रोस्ट कफीको परीक्षण र अन्तिममा तयार पारिएको कफीको चुस्की लिएर बास्ना, स्वाद, एसिडिटी र गुणस्तरसम्बन्धी प्यारामिटरको आधारमा सम्बन्धित मुलुकको कफीलाई अंक प्रदान गर्ने व्यवस्था छ।

२१ चैत, २०७४, अन्नपूर्ण पोष्ट

Nepal Coffee Development Strategy

MoAD okays Coffee Development Strategy

The Himalayan Times / January 11, 2018

The Ministry of Agricultural Development (MoAD) has approved the five-year Coffee Development Strategy (2018-22) submitted by the National Tea and Coffee Development Board (NTCDB) in September.

The NTCDB board led by the agriculture minister approved it recently, according to Sheshkanta Gautam, executive director of NTCDB. Along with this, the Board has brought this strategy into implementation since the beginning of 2018.

The NTCDB developed the five-year strategic plan to enhance the productivity and quality of coffee in the country. Through the execution of this five-year strategy the Board expects to double the output of coffee from the existing 434 metric tonnes. Cultivation area will also be expanded to achieve the targeted production and improving the quality of coffee is also in priority. The NTCDB has sought a budget of Rs 48 million to implement the strategy.

The strategy focuses on five major strategic dimensions to realise the ultimate goal of commercial farming of Nepali Arabica coffee in
all the 41 districts of the country that have been identified as suitable for coffee cultivation.

Gautam further informed that the strategy focuses on Arabica variety of coffee, which is largely being cultivated in the country and can fetch comparatively higher prices as compared to Robusta coffee, which is also cultivated in the country and has high demand in the
international market.

Currently, coffee is being cultivated on 2,618 hectares of land in 41 districts and the annual production is below 500 metric tonnes. Around 30,500 farmers are involved in coffee cultivation. The country had exported 112.37 tonnes of green bean in fiscal 2015-16 mainly to South Korea, Japan, China and Germany, according to NTCDB. The country is still a net importer of coffee due to low production.

According to the strategic plan, NTCDB in coordination with Nepal Agriculture Research Council and the Coffee and Tea Development Section under MoAD, will support the research works and carry out various activities aimed at making farmers aware about higher yields from coffee production and motivate them to take up coffee plantation in larger areas of land in the 41 identified districts.

Cultivation area will also be elevated to the upper areas of the hilly districts as the perennial rise in global temperature may cause loss in existing cultivation areas in the future.

Similarly, various activities to manage pests and diseases in coffee plants will be designed and implemented shortly, through which the Board expects to boost production and quality of Nepali coffee. The strategic plan has also spoken about amending the National
Coffee Policy-2003 to motivate farmers towards quality production and increase export of coffee in the international market to earn foreign currency.

The plan has also identified the need to revise the existing coffee policy to develop linkages in national as well as international
markets, increase sales of Nepali coffee to address the growing demand, and maintain the image of Nepali organic coffee in the international market.

On the other hand, proper management of coffee subsector development programmes and coordination with relevant stakeholders are expected to lead to achievement of efficiency in negotiating and justifying organic certification, fair trade recognition and
increased sales in both national and international markets, according to the strategic plan.

The strategic plan has also highlighted the crucial aspect of market promotion and trademark registration of Himalayan Coffee in every possible export destination.

The strategy developed by NTCDB, with support of the European Union-funded Trade and Private Sector Development Programme under the Ministry of Commerce, is expected to enhance the production base of coffee in the country.

Source: The Himalayan Times / January 11, 2018 [https://thehimalayantimes.com/business/ministry-of-agricultural-development-okays-coffee-development-strategy/]

Nepali tea gets Int’l trademark

Source: thehimalayantimes.com/nepal/nepali-tea-gets-intl-trademark-after-154-years

ILAM: Nepal’s orthodox tea has finally received its own identity in the international market through a trademark after 154 years of beginning tea cultivation in the country.

Nepal has received its own logo or trademark, with the long-standing efforts of the Nepal Tea and Coffee Development Board, organisations associated with tea production, and experts of the field. The trademark comprises an image of mountains with ‘Nepali Tea Quality from the Himalaya’ written below it. Prior to this, Nepal’s orthodox tea was being exported with the logo of Darjeeling, India.

Ministry of Agricultural Development, with the support of Himalaya Tea Producers Association and Nepal Tea and Coffee Development Board, has developed the logo and logo implementation directive. However, using and establishing the logo is still a big challenge, shared Chandra Bhusan Subba, a tea expert involved in the development of the logo and directive.

For the implementation of the logo, the Ministry has issued Nepali Orthodox Tea Certification Trademark Implementation Directive 2074. The directive has fixed certain standards for the use of the logo including that the produced tea must be fully organic. As per the directive, The tea producers wanting to use the logo must submit an application after which the process will move forward.

“Standards such as the quality of tea produced, employment security of the workers, sensitivity toward environmental protection must be met in order to use the logo,” said expert Subba. “The logo and the directive have been approved, now Nepali tea will carve its niche in the international market.”

With this move, Nepali tea would get good price in the international tea market and farmers would directly be benefited, therefore all should stress proper implementation of the logo, expert Subba said.

The tea farmers have become elated with the development of Nepal’s own trademark, also hoping that this will induce good business and sustainability.

Likewise, preparations are ongoing to inaugurate an event at the base camp of Mt Everest to establish the logo in the international market. Bigger buyers and world’s journalists are scheduled to attend the logo inauguration event at the Mt Everest Base Camp.

Meanwhile, a three-day-long tea conference is going to be held in Kathmandu from April 6.

The tea cultivation that began in the country from Ilam since BS 1920, has spread to 44 districts of the country. The then Chief of the district ‘Badahakim’ Gajaraj Singh Thapa had first cultivated tea in Ilam, after which a factory was set up in BS 1935 that started tea production from the district. Ilam is also home to the oldest and historical tea factory of the country.

(with inputs from Rastriya Samachar Samiti)