बुधवार, चैत्र २१, २०७४ कारोबार संवाददाता
पालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो । नेपालको प्राङ्गारिक कफीले गुणस्तर, प्रविधि र स्वादको आधारमा गरिएको परिक्षणमा ९० अंक (स्कोर) प्राप्त गरेको छ । यो अंक कफी निर्यातमा विश्वमै दरिएका छिमेकी मुलुक भारत र चीनको तुलनामा उच्च हो । बर्सेनि कफीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको कफी रिभ्यु डट कमले सन् २०१७ मा गरेको अध्ययनमा नेपालको कफीले ९० अंक प्राप्त गरेको जनाएको छ । विश्वभरका कफी उत्पादक मुलुकका नमूनासमेत परिक्षण गरिने अध्ययनमा नेपालको प्रतिनिधित्व गर्ने नुवाकोट मदनपुरस्थित लेकाली कफी स्टेटको कफीले यो स्कोर प्राप्त गरेको हो । नेपालले २०१२ देखि पटक पटक प्रयास गर्दा यो वर्ष ९० अंक प्राप्त गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा छलफल गर्न बोर्डले मंगलबार एक अन्तरक्रिया आयोजना गरेको थियो । “नेपालको कफीले विश्वभरका कफीबजारलाई चकित बनाएको छ भने नेपालका लागि यो निकै गर्वको विषय हो,” कार्यक्रममा बोर्डका निर्देशक दिपक खनालले भने, “कृषक तथा व्यवसायीको मेहनतले यो उपलब्धी हात परेको हो, कफी क्षेत्रमा बोर्डको तर्फबाट प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं ।” युरोपिन युनियनको सहयोगमा वाणिज्य मन्त्रालयले सञ्चालन गरिरहेको व्यापार तथा नीजि क्षेत्र विकास कार्यक्रममार्फत पनि बोर्डमार्फत कफी प्रवद्र्धन कार्यक्रम गरिरहेको उनले बताए । पहिलो पटक नेपाली कफीले संसारभरका उत्पादनलाई उछिन्दै उच्च अंक प्राप्त गरेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । “हामीले १ हजार १ सयदेखि १ हजार ३ सय ५० मिटरको उचाईमा उत्पादन गरिएको कफीलाई वैज्ञानिक रूपमा प्रशोधन गरी कफी रिभ्यु डट कममा नमुना पठाएका थियौं,” उनले भने, “हाम्रो कफीले यो स्कोर पाउँदा निकै खुसी छौं, हाम्रो कफी फार्म मात्र नभई समग्र नेपालकै लागि यो खुशीको विषय हो ।” लेकाली कफीले कफी उत्पादन तथा प्रशोधनमा विश्व स्तरको प्रविधिको प्रयोग गर्दै आएको उनले बताए । विश्वमै सबैभन्दा बढी स्कोर इन्डोनेसियाले ९७ प्राप्त गरेको छ । लामो समय कफी कारोबार गर्दै आएका चीन र भारतले पनि पछिल्ला वर्षहरूमा ९० कटाउन थाले पनि नेपालले भने छोटो समयमा यो उपलब्धी हासिल गरेको हो । नेपालमा २ हजार ६ सय ४६ हेक्टरमा खेती भएको कफी गत वर्ष ४ सय ६६ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ९५ हजार किलो कफी निर्यात गरी नेपालले ८ करोड ४९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको थियो । नेपालका सात जिल्लाले प्राङ्गारिक कफी उत्पादनको लाइसेन्स लिएका छन् भने तीन जिल्ला लाइसेन्सको प्रक्रियामा छन् । नेपालमा उत्पादन भएको उच्च गुणस्तरको कफीले विश्व बजारमा मूल्य पनि उच्च नै पाइरहेको ग्रिनल्याण्ड अग्र्यानिक कफी फार्मका सञ्चालक डा. राजकुमार बन्जारा बताउँछन् । यसका लागि गुणस्तरियतामा विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ ।
Leave A Comment