nepali coffee and holy basil

which is good: coffee or basil?

आज हरिशयनी एकादशी, तुलसीरोपण दिवस। जसरी तुलसीलाई एउटा ऐतिहासिक, साँकृतिक, धार्मिक, मानव स्वास्थ र पर्यावरणको दृष्टिले बहुउपयोगी र शक्तिशाली जडिबुटीको रुपमा लिईन्छ त्यसैगरी कफीलाई नगदेबालीहरू र वनस्पतिहरुका बिचमा त्यतिनै विशिष्ट स्थानमा राखी “नगदेबालीकी रानी” को रुपमा लिन सकिन्छ।

किनकि:

कफीले नेपालको आर्थिक स्वास्थलाई त स्वस्थ बनाउँछ नै अझ देश भन्दा पनि माथी उठेर हेर्ने हो भने कफी खेतीले आज विश्वमा अपत्यारिलो ढङ्गले द्रुतगतिमा विकराल बन्दै गईरहेको ग्लोबल वार्मिंगको समाधान पनि दिन सक्छ। कफीका बोटहरूले मेथेन उत्सर्जनलाई कम गराउनुका साथै वातावरण सन्तुलित बनाउन अहं भूमिका खेल्छ। त्यसैले मानव स्वास्थ, पर्यावरण र समग्र इकोसिस्टमलाई नै सन्तुलित र दीगो गरी बचाईराख्नका लागि तुलसीरोपण दिवसलाई हामीले जती महत्वपूर्ण हिसाबले मनाईरहेका छौ त्यसरी नै कफीरोपण दिवस पनि मनाउन सुरू गर्ने हो की?