“नेपालमा कफी उपभोग बढ्दा निर्यात भने स्थिर देखिएको छ ।”
निर्यात स्थिर देखिनुका पछाडी हाम्रो कफीको उत्पादन लागत र निर्यात (FOB) मुल्य अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धि बन्न नसक्नु हो। उत्पादनमा/प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग र विश्व श्पेशल्टि बजारले माग गरे आनुसारको गुणस्तरीय कफी उत्पादनमा यदि अहिलेनै ध्यान नपुर्याउने हो भने नेपाली कफीको भविष्य उज्जालो उन्मूख छैन।
अहिलेको समय भनेको केवल ‘अर्ग्यानिक!’ ‘अर्ग्यानिक!!’ र ‘उत्पादन-पुगेन!’ ‘उत्पादन-पुगेन!!’ मात्रै जप्ने होईन बरू गुणस्तर वृद्धिमा उल्लेखनिय कृयाकलाप गर्नुपर्छ।
परीमाणका हिसाबले अहिलेको भन्दा बरू थोरै नै किन नहोस् यदी ९० स्कोर गर्ने कफी बनाउन सकियो भने किसानले त लगभग दोव्वर मुल्य पाँउछन् नै, नेपालले पनि सगरमाथा, बुध्द बाहेक थप एक राष्ट्र पहिचानको श्रोत भेट्ने छ।
Leave A Comment