१५ आश्विन २०७५, सोमबार | कफी उत्पादनमा बृद्धी गर्दै बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले पोखरामा संचालन भएको तालिम सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ‘प्रांगरिक कफी उत्पादन, गुणस्तर व्यवस्थापन तथा बजारीकरण’ तालिम शनिबारबाट शुरु भएको थियो ।

समापन कार्यक्रममा वौल्दै गण्डकी प्रदेशका सांसद दिलमाया रोकामगरले कफीको उत्पादन र बजारीकरणमा किसानहरुलाई सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले तालिमले कफीको उत्पादन र ब्यबस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

तालिममा गण्डकी प्रदेशका कास्की, तनहुँ, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, गोर्खा, ५ नम्बर प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका कफी सहकारी उत्पादक संघका अध्यक्ष, व्यवस्थापक कास्कीका उत्पादक, जिल्लाकफी संघका सचिवको सहभागीता रहेको थियो ।

संग्रहको लागी साभार गरीएको हो स्रोत: http://shuvanews.com/2018/10/1653/