के तपाईलाई थाहा छ? चीन संसारको नवौ ठूलो अराबिका कफी उत्पादक देश हो, उसले एक वर्षमा १ लाख २० हजार टन कफी उत्पादन गर्दै आएको रहेछ। नेपालको हालको उत्पादन ५१३ टन छ।
पछिल्ला केहि वर्षहरुमा अझ विशेषगरि सन २०१५ देखी श्पेसल्टि (उच्च गुणस्तरीय प्रमाणीत) कफी उत्पादनमा आक्रमक रुपमा अधि बढ्दै गरेको चीनको सफलताका कारणहरू मध्ये एक: उसले अख्तियार गरेको CQI सँगको प्राविधिक साझेदारीको नितीलाई लिन सकिन्छ।
पछिल्ला वर्षहरुमा हाम्रा छिमेकी म्यानमार, चीन, भारत आदि देशहरूले CQI, WCR जस्ता विश्व प्रतिष्ठित कफी संस्थाहरू संग मिलेर काम गर्दा छोटो समयमानै उल्लेखनिय सफलता हासिल गरिरहँदा हामी भने साना, झोले, टुक्रे र काम-देखाउ कार्यक्रम गर्नमै व्यस्त/मस्त छौ।
नेपाली कफी क्षेत्रको दिगो विकास गर्ने एकमात्र अचुक अष्त्र भनेको कफीको गुणस्तरिय उत्पादनमा माथि उल्लेख गरिए लगायतका ठूला संस्थाहरू सँग मिलेर सार्थक मेगा प्रोजेक्ट गर्नु हो।
कफी केबल कफी क्षेत्रमा लागेकाहरुको लागी मात्रै नभई सम्पूर्ण कृषिकै सवैभन्दा महत्वपूर्ण एउटा त्यस्तो निर्यातजन्य वाली हो जसलाई भारतले कुनैपनि हिसाबले कहिले पनि रोक्न छेक्न सक्दैन (जसरी उसले अलैची, अदुवा, चिया आदिमा बेला-बेलामा बाधा पु-याउदै आएको छ) त्यतिमात्र नभई कफीले लाखौ युवाहरूलाई रोजगारी दिन सक्छ, नेपालको व्यापार घाटालाई कम गराउनको लागी महत्वपूर्ण योगदान पु-याउन सक्छ र पर्यटन क्षेत्रमा उल्लेखनिय टेवा पु-याउन सक्छ।
त्यसैले नेपाली कफीलाई एक दुर दृष्टि सहितको ठूलो छलांग मार्न सक्ने राष्ट्रिय गौरवको योजना र सो योजना फत्ते गर्न सक्ने ईमान्दार, बुद्धिमानी र परिणाममूखी नेतृत्वको आवश्यकता छ।
Leave A Comment