निःशुल्क अनलाइन कफी शिक्षा कार्यक्रम

हिमालयन अराविका कफीले  नेशनल  कफी एकेडेमी को सहयोगमा दुईवटा निःशुल्क अनलाइन कफी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। “विद्यार्थीका लागि अनलाइन कफी शिक्षा” (Coffee Introduction for Kids)  वैदेशिक रेजगारीबाट फर्केका युवा एवं नव किसान लक्षित “नव किसानका लागि अनलाइन कफी कार्यशाला”  (Online Coffee  Workshop for new and aspiring farmers) “ कार्यक्रम सञ्चालन गर्ने भएको हो। 

कोरोना भाइरसका कारणले नेपालको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भई मानिसहरूको दैनिक जीवनयापन नै कष्ट पूर्ण भइरहेको सन्दर्भमा र वैदेशिक रोजगारबाट फर्केका युवाहरू तथा नेपालमै केही गर्न चाहने व्यक्तिहरूले  कृषि क्षेत्रमा केही सम्भावनाको खोजी गरिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपालमै कफी कृषि, रोजगार र व्यवसायको सम्भावनाका बारेमा केही ठोस कार्य गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। 

 “विद्यार्थीका लागि कफी शिक्षा” (Coffee Introduction for Kids) के हो? 

 नेपालमै कफी कृषिरोजगार र व्यवसायको सम्भावना छ भन्ने कुरा हाम्रा विद्यार्थी भाइ-बहिनीहरूलाई सरल छोटोमीठो तरिकाबाट  साप्ताहिक रूपमा निःशुल्क सञ्चालन गरिने अनलाइन कार्यक्रम हो। यसमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई समेटिनेछ। इच्छुक विद्यार्थीहरूले कुनैपनी माध्यमबाट नेशनल  कफी एकेडेमीमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन्। ३० देखि ४० मिनेटको कक्षामा सहभागी एउटा संक्षिप्त परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले नेशनल  कफी एकेडेमीबाट जारी हुने प्रमाणपत्र पाउनेछन्। 

नव किसानका लागि अनलाइन कफी कार्यशाला के हो? 

यो वैदेशिक रोजगारबाट फर्केका युवाहरू तथा नेपालमै केही गर्न चाहने नव किसानहरूलाई कफीको प्रारम्भिक ज्ञान तथा स्रोत सम्बन्धी जानकारी सल्लाह सुझाव दिई कफी क्षेत्रमा काम गर्न सहयोग गर्ने निःशुल्क अनलाइन कार्यक्रम हो। यसका साथै हाल कफी खेती गरिरहेका किसान तथा व्यवसायीहरू ले पनि कफी सम्बन्धी कुनै समस्या एवं जिज्ञासा छ भने पहिले नै टिपाएर सम्बन्धित स्रोत व्यक्ति बाट हल जुटाइने छ