नेपालमा विदेशबाट कफीको विरूवा आएको सन्दर्भमा हाम्रो भनाई
नेपालमै (गुणस्तरिय/जात) विरूवा नभएको वा सहज उपलव्धता नभएको अवस्थामा आफ्नो निजि प्रयासमा कसैले कफी खेतीगर्नको लागि विरूवा ल्याउनु र खेती विस्तार गर्ने जमर्को गर्नु कुनै अपराध हो जस्तो लाग्दैन। बरू सो कफी के कस्तो जातको हो, नेपालको हावापानीमा कति सुवाउदो छ, उत्पादन र लागत कती छ, विश्व बजारमा माग कस्तो छ? र मुल रूपमा नेपालमा sustainable छ कि छैन आदि जस्ता कुराहरूको बारेमा पो चनाखो हुने हो कि?
१. विरूवाको पातको फोटो हेरेर ‘यो’ जातको, ‘त्यो’ जातको भनेर हामीले जात किटान गर्न मिल्छ जस्तो लाग्दैन।
२. विदेशबाट कफीको विरुवा ल्याएर कफी खेती गर्दा नेपाली कफी कृषिमा के कस्तो नकारात्म प्रभाव पर्छ वा फाईदा पुग्छ? यसमा सुझबुझ पुर्ण बहस जरुरी छ।
३. स्वदेशी विरूवा भन्दा के कती कारणले सो बिरूवा रोप्दा नेपाली कफी कृषिलाई बाधा पुग्छ?
४. कसैले पनि जानि-जानि आफ्नो लागानि जोखिममा पार्न चाहादैन। जसले उक्त बिरूवा ल्याएको छ उसले पक्कै पनि राम्रै हुन्छ भनेर नै ल्याइको होला, नेपालमा कफीमा आफ्नो भविष्य देखेर नै ल्याएको होला अनि त्यसमा हामिले आगो ओगल्नु पर्ने किन!
***
बिना अध्य्यन, आजको नेपाली कफीको उत्पादन/मुल्य, गुणस्तर, विश्व बजारको यथार्थ आदिलाई ख्याल नगरी आगो ओगल्नु त्यति वुद्धिमत्तापूर्ण कदम नहोला। एकछिनलाई मानिलिउँ सो विरूवा रोवष्टा नै रै’छ। यदि त्यसो हो भनेपनी, हामिले के बुझ्न जरुरी छ भने जसरी अराबिका कफीको उच्च गुणस्तरलाई ‘स्पेशल्टि अराबिका’ भनिन्छ त्यसैगरी रोवष्टाको उच्च गुणस्तरलाई ‘फाईन रोवष्टा’ भनिन्छ जुन हाल विश्वभर उच्च प्राथमिकतामा पर्दै गएको छ। द्रुत गतिमा भईरहेको जलबायु परिवर्तन, जलस्रोत/सिँचाईमा आएको ह्रास आदिका कारणले गर्दा हिजो ८०० मिटर मै उत्पादन गर्न सकिने ‘स्पेशल्टि अराबिका’को ठाऊँमा आज ‘फाईन रोवष्टा’ खेती गर्नु उपयुक्त, दिगो र राष्ट्रको हितमा हुन सक्छ भन्ने मलाई लाग्छ।
***
र अन्यामा, यदि साच्चिनै उक्त कदमले नेपाली कफी कृषिमा नकारात्म प्रभाव पार्छ र हामी सबैलाई हानी नोक्सानि पुर्याउछ भने त्यसलाई रोक्ने पहल गर्नु पर्छ; होईन भने, भर्खरै अंकुराउदै गरेको नेपाली कफी उद्दयोग व्यवसायलाई नानाभाँती तगारो तेर्स्याउदै लगाम गाउन खोज्नु राम्रो होईन। कफी कृषि र व्यबसाय दुबैको विकाश र विस्तारको लागी हाम्रो हालको कफीको यथार्थ बस्तुस्थितिलाई विश्व कफी बजारको सापेक्षतामा हेरिनु पर्छ। नेपाली कफी क्षेत्रले एउटा उचाई नलिएसम्म हामिसबैले संकृण सोचबाट मुक्त भई, सबैकिसिमका कफी कृयाकलापलाई सकारात्मक तर होसियार दृष्टिवाट नियाल्दै निषेध भन्दा व्यवस्थित गर्ने तिर लाग्दा हामी सबैको कल्याण हुन्छ जस्तो लाग्छ। कफी क्षेत्रका आदरणिय अग्रज तथा साथिहरूको सिधा रायसुझाबको अपेक्षामा छु।
Leave A Comment