नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२औँ राष्ट्रिय कफी दिवसको अवसरमा जारी गरेको प्रेस विज्ञप्ती
मिति २०७३।७।३०
प्रिय पत्रकार मित्रहरू, स्वागत अभिवादन !
गएको ११ औँ राष्ट्रिय कफी दिवसमा २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा भए अनुसार देशभर वृहत् कफी नर्सरी तालिमहरू सञ्चालन गरी ब्यापक रूपमा कफी नर्सरी स्थापना गरिएको थियो । गुणस्तरीय नर्सरी नै उत्पादन वृद्धीको मूख्य आधार भएकोले कफी नर्सरी स्थापना गरी विरूवा उत्पादन गर्ने कार्यलार्इ अभियान कै रूप दिइएको थियो । अभियानको उपलब्धी स्वरूप यस वर्ष करिब दस लाख कफी विरूवा उत्पादन हुने अनुमान गरिएको छ । विरूवा उत्पादन हुनु एउटा पाटो हो । तर उत्पादन वृद्धी गर्न ती विरूवाहरू रोपिनु पर्दछ । तसर्थ, २०७३ साललार्इ कफी रोपण वर्षको रूपमा घोषणा गरी १२ औँ राष्ट्रिय कफी दिवस मनाउने कार्यक्रम तय भएको छ । यस वर्षको राष्ट्रिय कफी दिवसको नारा रहेको छ-
गुणस्तरीय कफी उत्पादन – आजको प्रमुख आवश्यकता !
आत्मनिर्भरता र निर्यात प्रवर्द्धनका लागि – अर्थपुर्ण सार्थकता !!
कफी निर्यातजन्य महत्वपुर्ण वस्तु हो । स्वदेश र विदेशमा नेपाली कफीको माग बढेको पाइन्छ । विदेशमा मात्र 7०००-8००० मे.टन कफीको माग छ । तर उत्पादन र मागको वीचमा ठूलो खाडल भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार जम्मा जम्मी 4३४ मे.टन ग्रीन वीन उत्पादन भएको देखिन्छ । गएको वर्षको तुलनामा यो करिब ६ प्रतिशतको गिरावट हो । गत वर्ष ४६३.५ मे.टन कफी उत्पादन भएको थियो । भुकम्प, अघोषित नाकाबन्दी र खडेरीका कारण यस वर्ष कफीको उत्पादन घटेको अनुमान गर्न सकिन्छ । तर विभिन्न जिल्लाहरूमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरूले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र भने गत वर्षको 2381 हेक्टरबाट बढेर यस वर्ष २६१८ हेक्टर क्षेत्रफलमा पुगेको छ । तसर्थ, यस वर्ष कफी उत्पादनमा गिरावट आए पनि आगामी वर्षहरूमा वृद्धि हुने आँकलन गर्न सकिन्छ ।
त्यस्तै, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार रू ५ करोड ५६ लाख बराबरको १०५ मे.टन कफी आयात भएको छ भने रू १० करोड ८ लाख बराबरको ११२ मे.टन कफी निर्यात भएको छ । गत वर्ष ५ करोड ६५ लाख बराबरको १११ मे.टन कफी आयात र ९ करोड ९३ लाख बराबरको करिव १०० मे.टन कफी निर्यात भएको थियो । यस तथ्याङ्कले गत वर्षको तुलनामा आयात केही घटेको र निर्यात केही बढेको देखाउँछ ।
यस वर्ष कफीको क्षेत्रमा भएका प्रमुख गतिविधीहरू
- व्यवस्थापिका संसदद्वारा International Coffee Agreement, 2007 अनुमोदन भर्इ विश्व कफी क्षेत्रको सर्वोच्च संस्था International Coffee Organisation को सदस्यता लिन नेपालको बाटो खुलेको छ ।
- २०७२ साललार्इ कफी नर्सरी वर्ष घोषणा गरी देशव्यापी रूपमा नर्सरी तालिमहरू सञ्चालन गरी कफी नर्सरी स्थापना गरिएको थियो। यसको उपलब्धी स्वरूप १० लाख विरूवा उत्पादन हुने अनुमान गरिएको छ । सो परिमाणका सबै विरूवा रोपण भएमा आगामी वर्ष थप ५०० हेक्टर क्षेत्रफलमा कफी रोपण क्षेत्र विस्तार हुनेछ ।
- नेपाल व्यापार एकीकृत रणनीति, २०१६ अन्तर्गत Other Export Potential Product को रूपमा सूचीकृत भएको छ ।
- कफी क्षेत्रको विकासका लागि ५ वर्षे रणनीतिक योजना तयारी अन्तिम चरणमा पुगेको छ ।
- नेपाली कफीको राष्ट्रिय मापदण्ड तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत कार्य भर्इ रहेको ।
शेषकान्त गौतम
कार्यकारी निर्देशक
तथ्याङ्कमा कफी हेर्नको लागि तलको PDF हेर्नुहोला
[gview file=”https://himalayanarabica.com/wp-content/uploads/2016/11/press-release-for-coffee-day-2073.pdf” save=”1″]
Leave A Comment