कफी विज्ञान र प्रविधि- नेपालमा कफी कृषिमा लगानी

डा. राजकुमार बन्जारा, कफी विज्ञ, नेशनल कफी एकेडेमी

विज्ञान र प्रविधि हरेक क्षेत्रमा आफैमा धेरै महत्पूर्ण विधाहरू हुन। अझ नेपाली कफीको हकमा त यो सवै भन्दा महत्वपूर्ण आयाम हो। यो त्यस्तो विषय हो जुन कफी क्षेत्रमा सवै भन्दा महत्वपूर्ण छ  तर सवैभन्दा कम चर्चा गरिन्छ। त्यसैले आज कफी विज्ञान र प्रविधिलाई अझ मिहिनरूपमा बुझौ: जस्तो हामीलाई थाहा छ की विज्ञानले कुनै सिद्धान्त दिन्छ, उदाहरणको लागी ‘पानी वाट आगो/विजुली बल्छ’ ; र प्रविधि ले त्यो  सिद्धान्तलाई बास्तविकतामा अनुभूत गराउने काम गर्छ उदाहरणको लागी विजुली बाल्नको लागी बल्भ, स्विच आदि। त्यसैले विज्ञान र प्रविधिको अन्योन्याश्रित सम्बन्ध छ, एउटा बिना अर्कोको अस्तित्व छैन। जसरी विज्ञान र प्रविधिको अन्योन्याश्रित सम्बन्ध छ त्यसैगरी कफीको पनी विज्ञान र प्रविधि सँग अन्योन्याश्रित सम्बन्ध छ। ख्याल गरौँ यहाँ कफीको विज्ञान र प्रविधिको मात्रै चर्चा गर्न खोजिएको होईन बरू कफीको सम्बन्ध विज्ञान र प्रविधि सँग देखाउन खोजिएको हो। अझ प्रस्ट्याउ: यहाँ नेपाली कफीको भविष्य कसरी विज्ञान र प्रविधिको जगमा अडेको छ भनेर चर्चा गरिदै छ।

संसारमा, विशेष गरी पुराना कफी उत्पादक देशहरूमा जब कफी विज्ञान र प्रविधिको कुरा गरिन्छ त्याँहा मूलत: तिनवटा विषयहरूमा चर्चा गरिन्छ: Coffee Tree, Coffee Beans र Coffee Drinks तर नेपालको सन्दर्भमा जब कफी विज्ञान र प्रविधिको कुरा गर्छौ तब छुटाउनै नमिल्ने एउटा अबधारणा हो श्पेशल्टि कफी। यो कफी विज्ञानकै एउटा अभिन्न अङ्ग हो। सामान्य अर्थमा बुझ्दा श्पेशल्टि कफी भनेको ऊच्चगुणस्तरीय कफी हो तर यसको अर्थ र व्यापकता त्यतिमा मात्रै सिमित छैन।  नेपाली कफीको भविष्य श्पेशल्टि कफी विज्ञानको अवधारणामा निहित छ।

 

श्पेशल्टि कफी आफैमा एउटा सिद्धान्त हो जसलाई वुझ्न र वास्तबिकतामा डाल्न प्रविधीको साहारा नलिई संभव छैन। जस्तो: कुनैपनि कफी श्पेशल्टि कफी कहलिनको लागी निश्चित मापडण्ड पुरा गरी निश्चित अंङ्क आएको हुनु पर्छ चाहे त्यो ग्रिन बिन्स ग्रेडिङ होस वा कपिङ स्कोर । त्यसैले जवसम्म हामिले श्पेशल्टि कफी विज्ञान र त्यसलाई प्राप्त गर्ने प्रविधी वुझ्न सक्दैनौ तबसम्म ढुक्कले नेपाली कफी कृषिको दिगोपनाका वारेमा पनि सोच्न सक्दैनौ।

 

हामीले सुन्धै आएको एउटा विषय हो : नेपाली कफीको अन्तराष्ट्रिय बजारमा उच्च माग, नेपाली किसानको लागी कफी वरदान, नेपालको हावापानी कफीको लागी धेरै उपयुक्त, कफीवाट करोडपती, कफीले कमाल आदि । तर, यदि यी साच्चै सहि हुन भने किन कफीको उत्पादन बड्न सकेको छैन त! कफीको उत्पादन बढाउन किन यस्तो सकस भएको होला? मानिसहरू थेरै जानकारीको भरमा बरू ग्राउण्ड एप्पल, पेपिनो मेलोन आदि लगाउन तयार छन् तर वर्षौ देखि कफीमा हामी किन सिमित मानिसहरूमात्रै देखिरहेका छौ?

यसलाई दुईवटा कोणबाट हेरौ:

पहिले, नेपाली कफीको हाल अन्तराष्ट्रिय बजारमा देखिएको भनिएको ‘उच्च माग’ अस्थायी हो। कुनैपनी ठाउँको भौगोलिक अबस्थीति, जलबायु, कफी बेल्ट, वाताबरण, माटो, कफीको जात, त्यहाको micro climate र प्रशोधनको बारेमा थेरै मात्रामा ज्ञान हुँदा त्यो कफी कस्तो स्वादको हुन्छ भन्नेकुरा नजिक पुगेर अनुमान लगाउन सकिन्छ। अझ श्पेशल्टि कफी commodity र caffeine मात्र नभई concept selling  (story) पनि भएको हुनाले त्यहि आसमा बिश्व श्पेसल्टि बजारले परिक्षणको लागी मगाउदै गर्दा उक्त ‘उच्च माग’ देखिएको हो ।

दोश्रो, नेपाली कफी “विश्व श्पेसल्टि कफी बजार”को जगमा बाँचेको छ जुन बजार सत प्रतिशत प्रविधिमा आधारित छ। त्यो बजारले केवल 3C (common code of coffee)  वा कफीको साझा भाषा मात्रै बुझ्छ। तर नेपाली कफी उद्दोग अझै त्यो भाषा बुझ्नको लागी तयार भैसकेको छैन। त्यसैले नेपाली कफीको उपादन बढाउनको लागी र नेपाली कफीकृषिलाई जीवीत राख्नकोलागी श्पेशल्टि कफी विज्ञान र प्रविधिलाई नेपाली कफी उद्योगको मेरूदण्डको रुपमा actualization (वास्तविककरण) गर्नु पर्छ।

कफी खेतिको लागि नेपाल किन राम्रो छ?

गुणस्तरको altitude सँग प्रत्यक्ष सम्वन्ध छ। उचाई बढ्दै जाँदा सम्पूर्ण स्वाद र वास्नामा सकारात्मक प्रभाव बढ्दै जान्छ। तर त्यसो भन्दैमा low altitude मा फल्ने कफी राम्रो हुदैन भन्ने होईन। उदाहरणको लागी कोना कफी जो low altitude ma (210~600m) फलेर पनी high grade specialty को रुपमा  विश्वमा प्रशिद्ध छ। कम उचाईमा पनि सहि भेराईटि र राम्रो छाहारी व्यबस्थापन गर्न सक्यो भने high grade specialty संभव छ। किनकि कफी गुणस्तरको लागी slow maturation प्रकृयाले धेरै महत्व राख्छ।

# कफी प्रशोधन विधिले कफीको flavor profile मा नाटकियरुपमा फरकपना ल्याउछ। Dry process र Wet Process लाई एउटा निश्चित मापदण्डका आधारमा प्रशोधन बिधिमानी उत्पादन गर्नेहो भने त्यो नेपालकै प्रतिनिधि/unique स्वाद हुन सक्छ जसले संसारमा नेपाली कफीको भिन्न पहिचान कायम राख्न सक्छ जस्तो Kenyan Coffee, Jamaician Blue Mountain etc.

# उच्च स्थानमा फलेको कफीमा उच्चमात्रामा अम्लियपना र गुलियोपना हुन्छ।  (higher grown coffee is more acidic and higher sugar concentration)  हरेक ३००मी. उचाई बढ्दै जाँदा १०% गुलियापना बढ्दै जान्छ। र कफीमा हुने अम्लियपना र गुलियोपना नै कफीमा अत्याधिक रूचाईने Aromatic compounds बनाउनको लागी भागिदार हुन्छन।

#उचाई बढ्दै जाँदा caffeine वढ्दै जान्छ। हरेक ३००मी. उचाई बढ्दा १०% क्याफीन बढ्छ भने यसको ठिक विपरित  हरेक ३००मी. उचाई बढ्दा ५% chlorogenic acid घट्दै जान्छ जसले गर्दा कफीमा सन्तुलित तितोपना रहन्छ।

र अन्तमा, Coffee is not just a commodity or caffeine; it’s a culture and concept too. The high quality and highly priced coffee should always be complemented by good story.  80% is a gift of Nature

नेपाली कफी हिरा हो, फलाम होईन।

आर्थिक सम्वृद्धिको लागी कफी लाई नाराको रुपमा व्यापकता दिउँ