प्रकाशित मिति : शनिबार, कार्तिक २३, २०७६ | https://www.samacharpati.com/2019/11/37114/

पाोखरा, २३ कार्तिक । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, पोखराको आयोजनामा कफीको ३ दिने उधमशिलता बिकास तालिम प्रदेश नम्बर ३, ५ र गण्डकी प्रदेशका २५ जना कफी उधमीहरुको सहभागीतामा पोखरामा सुरु भएको छ कफी क्षेत्रमा संस्थागत रुपमा आबद्ध कफी सहकारी कफी, ब्यबसायि र क्याफे संचालक कार्यरत प्राबिधिकहरुको सीप बिकास तथा क्षमता अभिबृद्धि गरि ब्यबसायिक उत्पादन, गुणस्तर सुधार तथा कफी उधोगको बिकास र बिस्तारमा टेवा पुर्याउने उध्येश्यले सुरु भएको तालिमको गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले उदघाटन गर्नु भएकाे थियाे।

उद्धघाटन कार्यक्रममा बोल्दै उहाले गण्डकी प्रदेशबाट उपयुक्त नीति र योजना निर्माण गरि ब्यबसायिक कफी प्रबधन तथा कफी उधोगीहरुको समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भएकाे थियाे भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिब अच्युत प्रसाद ढकालले गण्डकी प्रदेश मन्त्रालयले कफीलाइ उच्च प्राथमिकतामा राखेर काम गरिहेको र कृषकहरु लाइ टुक्रे रुपमा नभई ब्यबसायिक योजनाका साथ अगाडि बढ्न आग्रह गर्नु भएकाे छ ।

कार्यकममा पोखरा मनपा (५ का वार्डअध्यक्ष धनबहादुर नेपाली, पोखरा चेम्बर्स अफ कमर्सका अध्यक्ष किसान सुनार, बागबानी अनुसन्धान केन्द्रका बैज्ञानिक श्याम पौडेल, प्रमुख प्रसिक्षक डा. राज कुमार बन्जरा, क्यु ग्रेडर निमा शेर्पा, कफी ब्यबसायिक महासंघका केन्द्रीय कोषाध्यक्ष आनन्द सुबेदी, कफी क्षेत्रका अग्रणी उधोगीहरु, बिभिन्न जिल्लाका कफी सहकारी संघका अध्क्षय लगायतले कफी क्षेत्रमा बिबिध बिषयमा मन्तब्य राख्नु भएको थियो ।

बोर्डका प्राबिधिक नगेन्द्र सुबेदीको संचालनमा भएको कार्यक्रमको अधक्ष्यता बोर्ड पोखराका निर्देशक चन्द्र पुरीले गर्नु भएको थियो, सो अवसरमा बोल्दै उहाले कृषकहरुलाई उत्पादन संगसंगै गुणस्तरमा ध्यान दिन आग्रह गर्दै पोखराबाट सुरु गरिएको राष्ट्रिय कपिंग प्रतियोगितामा करिब १५ जिल्लाको १९ वटा नमूना कफीको सहभागिता रहेको जानकारी दिनु भएकाे थियाे । बोर्ड पोखराको राष्ट्रिय कपिंग ल्याब तथा राष्ट्रिय कफी प्रतिष्ठान, ललितपुरमा रहेको ल्याबमा कफीको गुणस्तर र स्वाद परिक्षण गरि सबै भन्दा बढी अंक प्राप्त जिल्लाको कफीले १०,००० नगद पुरस्कार प्राप्त गर्ने छ ।